दिलिप राई

भद्रपुर, झापा युवा नागरिक समाज नगर कमिटि भद्रपुरको पहलमा हरेक शनिबार नगर भित्र सरसफाई गर्ने अभियान सुरु भएको छ । युवा नागरिक समाजका युवाहरुले गत हप्ताको शनिबार नेपाल र भारतको सिमा पारम्भ बाट मेची पुल हुदै वडा प्रहरी कार्यलय सम्म सरसफाई गरिएको थियो ।

छिमेकी राष्ट्र भारत बाट आएका पाहुनाहरुले नेपाल भित्र प्रवेश गर्दै अव्यवस्थित रुपमा फालिएका फोहोर को दृष्य देखिने भएकोले युवा नागरिक समाजले सरसफाई अभियान कार्यलाई अगाडि बढाएको थियो ।

युवा नागरिक समाज भद्रपुर नगर कमिटिले हरेक शनिबार लाई श्रम बार घोषणा गदौ प्रत्येक हप्ताको शनिबार नगरको निम्ती दिनको २ देखि ३ घण्टा नगरलाई श्रमदान गर्ने घोषणा गर्दै सोहि दिन बाटै नेपाल र भारतको सिमा प्रारम्भ बाट सरसफाई कार्यक्रम गरिएको थियो ।

सरसफाई अभियान कार्यक्रममा वडा नं. ५, वडा अध्यक्ष बन्धु कार्की लगायत अन्य जनप्रतिनिधी,नगर प्रहरी, सरसफाई कर्मचारी,वडा प्रहरी कार्यलयका प्रहरी, शसस्त्र प्रहरी बल, सामाजिक अभियन्ता, समाजसेवि लगायत स्थानिय व्यक्तिहरुको बाक्लो उपस्थिीतीमा सरसफाई कार्य भएको थियो ।‘युवा नागरिक समाज, भद्रपुर नगर कमिटिमा आबद्ध युवाहरुको अगुवाईमा हरेक शनिबार अनुकरणीय श्रम गर्ने चलन सुवात भएको छ ।

यो अभियानलाई हरेक ‘शनिबार, श्रम बार’नाम दिइएको छ । अनौपचारिक रुपमा यस अघि थुप्रै यस्ता सामाजिक काम गर्दै आएका युवाहरुले घोषित रुपमा चैत ११ गतेदेखि सफाइ अभियान थालेका हुन् ।

मेची पुल आसपास क्षेत्रमा जथाभावी फ्याँकिएका फोहरहरु संकलन गरि फोहरलाई ट्याक्टरमा हालेर फोहोर बिसर्जन स्थल पुर्याउन नगरका सफाई कर्मचारीहरुलेको सहयोग रहेको थियो । भने सरसफाई कार्यमा लाग्ने सामाग्री मास्ख,गोल्पस र अन्य विविध सामग्री सहयोगको रुपमा सामाजिक अभियन्ता समाजसेवि संजय भुईमाली र भावना क्षेत्रीले उपलब्ध गराउनु भएको थियो ।

युवा नागरिक समाज, भद्रपुर नगर कमिटी अध्यक्ष प्रेम खनाल भन्छन सधैँ हामीले स्थानिय सरकार, केन्द्रिय सरकारको मुख ताक्ने गलत प्रवृतीले गर्दा आज हामी पछाडि परेका हौ  । सबै काम सरकारको थाप्लोमा थुपारने हो भने हामीले सोचेको स्वाच्छ, सफा, हराभराको नगरको परिकल्पना गर्नु दिउँसो देखिएको सपना जस्तै हुने छ । त्यस कारण सबै नागरिक स्तरबाट जनचेतना जाग्न जरुरी देखिन्छ अनि मात्र समाज,नगर र देश समृद्धि तिर लम्किने छ  । त्यसकारण  आज युवा नागरिक समाज भद्रपुरले ‘श्रम बारको अवधारणा ल्याईएको हो ।

जब सम्म आम नागरिकमा जनचेतनामा कुनै सुधार हुँदैन तब सम्म हामी फोहोरी नै हुने छौ  सबै तिर यसरी नै युवाहरु सक्रिय भएर लाग्ने हो भने समाज भित्रका विकृती विसंगती हटाउन समय नलाग्ने बताउनु हुन्छ  ।

आउँदो चैत १८ गते शनिबार भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल परिसरमा सफाई गर्ने तय भइसकेको छ । यस कार्यक्रममा सहभागी हुन संस्थाले सार्वजनिक रुपमा आह्वान गरेको छ ।

त्यसै गरी नियमित रुपमा यो अभियान अनन्तसम्म सञ्चालन गर्ने अठोट युवा नागरकि समाजले लिएको छ । नगरलाई सफा र हराभरा बनाउने अन्य  गतिविधि हरुमा पनि युवा नागरिक समाजले ध्यान राख्ने छ ।

अभियानमा साथ दिने सुलभ खतिवडा भन्नु हुन्छन सबै ठाउँमा आफैँ स्वःस्फूर्त सक्रिय भएर यस्ता कार्यमा लाग्ने हो भने समाज सुधारका अन्य धेरै यस्ता कार्यहरु गर्न सकिने बताउँदछन् ।

युवा नागरिक समाज भद्रपुर नगर कमिटिका अध्यक्ष खनाल धरान उपमहानगरका मेयर हर्क साम्पाङबाट प्रेरित भई साम्पाङले गरेको कार्य लाई  अनुसरण गर्दौ हामीले साम्पाङ बाट सिक्न जरुरी छ भन्दै ‘हरेक शनिबार लाई श्रम बारका रूपमा अभियान चलाइएको बताउनु हुन्छ  ।

युवा नागरिक समाज संस्थाले यस अघि विभिन्न विषयहरुमा खबरदारी गर्दै उपभोक्ता ठगिएको देखि सामाजिक विकृतिका विरुद्ध पनि आवाज उठाउदै र ध्यानाकर्षण गराउँदै आईरहेको छ ।

यसै गरि युवा नागरिक समाजका वरिष्ट उपाध्यक्षमा टेकमान लामिछाने गुरुङ, उपाध्यक्षमा आकाश शिवाकोटी, सचिवमा हेमलाल भट्टराई, सहसचिवमा कृति राई, कोषाध्यक्षमा दिनेश शर्मा र सहकोषाध्यक्षमा संगीता थापा मगर सदस्य युवराज घिमिरे, अम्बर बिष्ट, सनिजा निरौला, सम्झना सत्याल, योजन पाण्डे, रशना गुरुङ छन् ।

यसै गरी अन्य सदस्यमा रोशन खनाल, शंकर ठाकुर, प्रकाश कार्की, रामबहादुर कटुवाल, दिनलाल माझी, तीर्थ खेवा, सुकबहादुर लिम्बु, रोहित यादव, महेश साह, विष्णु राजवंशी, दिलिप राई, सन्तोष रसाइली र भावना क्षेत्री रहेका छन् ।

कार्यसमितिमा रहेको यी पदाधिकारी र सदस्यहरुबाहेक अभियानमा सघाउने सदस्यहरुको संख्या उल्लेख्य छ ।

समितिका वरिष्ठ सल्लाहकार सदस्यमा राजेन्द्रप्रसाद घिमिरे छन् भने सल्लाहकारहरुमा सामाजिक अभियन्ता सञ्जय भुइँमाली, सन्तोष धमला र विकास ठाकुर छन् ।

संस्थामा सदस्य रहेकाहरु कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएका हुनुपर्ने नियम छ ।

कोही सदस्य कुनै राजनीतिक दलमा आबद्ध भएको अवस्थामा सदस्यता नरहने नियम बनाइएको खनालले बताए ।

आगामी दिनमा सफाइ अभियानलाई अझ विस्तार गर्दै व्यापक बनाउन वडा समितिहरु पनि गठन गर्ने तयारी गरिएको संस्थाले जनाएको छ ।

भिडियो

कार्यक्रमको केहि तस्विरहरु

Facebook Comments Box