हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
झापा हल्दीबारीको हल्दीबारी माध्यमिक विद्यालयमा आज (शुक्रबार) बाट १५ औँ राष्ट्रपति रनिङ शील्ड खेलाडी छनौट प्रतियोगिता शुभारम्भ भएको छ ।
हल्दीबारी माविको प्राङगणमा शुरु भएको प्रतियोगितामा हल्दीबारी गाउँपालिकाका भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरी १२ वटा विद्यालय सहभागी भएका थिए ।

राष्ट्रपति रनिङ शील्डका खेल संयोजक वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रम औपचारिक उद्घाटन हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । यस्तै गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टीकादेबि राउत, शिक्षा अधिकृत जनककुमारी राई, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडाध्यक्ष शुकलाल राजबंशी, वडा सदस्यहरू, प्रहरी, स्वास्थ्यकर्मी, विद्यालय प्रधानाध्यापक टंकबहादुर पाख्रिन साथै विद्यालयहरूका शिक्षक, कर्मचारी, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
आज भएको खेलमा मार्चपास तर्फको बिजेता सरस्वती मावि, द्वितीय हल्दिबारी मावि र तृतीय जनजागृती मावि भएका छन्। अभिभावक दौड पुरूषतर्फ अजित बिष्ट, द्वितीय देबि थापा, र तृतीय सन्तकुमार थापा भएका थिए। अभिभावक दौड महिला तर्फबाट बिजेता टीकादेवी राउत, द्वितीय पवित्रा परियार र तृतीय शान्ता शिवाकोटी भएका छन् ।
त्यसैगरी सटपुट छात्रतर्फ प्रथम सिग्मा अग्रेजी विद्यालयका अभिषेक राजवंशी, द्वितीय चिल्ड्रेन एकाडेमीका दिलिप चौहान, तृतीय हल्दिबारी मावि का विवेक श्रेष्ठ, सटपुट छात्रातर्फ प्रथम लक्ष्मी मावि कि रोजिना राई, द्वितीय हल्दिबारी मावि कि सुस्मिता कार्की, तृतीय सिग्मा अंग्रेजी स्कुलकि प्रतिक्षा याख्खा भएकी थिइन् ।

लङजम्प छात्रतर्फ प्रथम जनजागृति माबिका आयुष पराजुली, द्वितीय चिल्ड्रेन गाडेन अंग्रेजी माबिका अनुराग ढकाल र तृतीय सरस्वती माबिका अनिश हेमरम भएका थिए भने लङजम्प छात्रातर्फ प्रथम लक्ष्मी मावि कि सुशिला हास्दा, द्वितीय हल्दिबारी माविकि समिका मुर्मु र तृतीय जनजनगृति मावि कि सरस्वती बानिया भएकि थिइन् ।
बिजेता खेलाडीहरूलाई खेल संयोजक थापा सहित विशिष्ट व्यक्तित्वहरूले प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए।अन्य समुह चरणका खेलहरू पनि आज खेलाइएको थियो। औपचारिक कार्यक्रम संचालन हल्दीबारी मा वि का सहायक प्र अ तुलसी कोइरालाले गरेका थिए प्रतियोगिता माघ २० गते सम्म संचालन हुनेछ।

