नेपालमै युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन बाट रोक्ने अभियान
झापा उद्यम गर्न चाहने युवाका लागी गिरी र उप्रेतीको नयाँ अभियान
बिर्तामोडका दुई युवा सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु गर्न लागेका हुन ।
नेपालमै युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन बाट रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने भएको छ । जसलाई उनीहरुले बिजनेस ग्रुप नामाकरण गरेका दिएका छन् ।
सबैभन्दा पहिला विभिन्न बिषयमा विज्ञ १० जना युवाहरुलाई समेटेर व्यबसायिक अवधारणा आदान प्रदान गरिने कार्यक्रम रहेको सन्दिप उप्रेतीले जानकारी दिए । यहाँ उपलब्ध अवधारणा मध्ये उत्कृष्ठ अवधारणामा लगानी गरेर ब्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताएका छन ।
त्यसपछि युवा उद्यमी क्लब निर्माण गर्ने योजना रहने उनले बताए । दोस्रो बर्षमा १८ देखि ३० बर्षका युवालाई संगठित गरेर उनीहरुको व्यवसायिक अवधारणा मुल्यांकन गरेर त्यसमा लगानी गरिने गिरीले बताए ।
युवा उद्यमी समुहले प्रत्यक्ष निगरानी गर्ने गरी १६ बर्ष मुनीका बालबालिका तथा युवाहरुलाई लक्षित गरी उनीहरुको पनि उद्यमी समुह निर्माण गर्ने बताइएको छ । यो समुह बिद्यालयमा खोलिने सन्दिप गिरीले जानकारी दिए । बिद्यालयमा उद्यम विकास सम्बन्धि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समुहको रहने उनले बताए ।
गिरीका अनुसार यो समुहको लक्ष्य भनेको बिद्यालयस्तर देखि नै युवाहरुमा व्यवसायिक ज्ञान प्रदान गर्नु, नयाँ व्यवसाय सम्बन्धि अनुसंधान गर्न प्रेरित गर्नु रहेको उनीहरुको भनाई छ । शुरुमा यो समुह देशभर काम गर्ने भएपनि यसले भविष्यमा दायरा अझ फराकिलो बनाउँदै लाने लक्ष्य रहेको छ ।

सिप सिकौ आत्मानिर्भर बनौं

