अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको रक्तदान
भद्रपुरमा खुल्ला रक्तदान कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक संगठन संघ जिल्ला कार्य समिति झापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको हो ।
भद्रपुर– ८ स्थित सगरमाथा चोकमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एक महिला सहित ६२ जनाले रगत दिएको कार्यक्रमका व्यवस्थापक देवेन्द्र पोखरेलले जानकारी दिएका छन ।
राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले पहिलो रगत दिएर कार्यक्रमको उद्घाटन गरेका थिए भने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राईको अध्यक्षता तथा राप्रपाका सहमहामन्त्री भारतेन्दु कुमार मल्लिकको प्रमुख आतिथ्यमा भएको थियो
कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोशी प्रदेशका अध्यक्ष राजकुमार योङ्या हल्दिबारी गाउँपालिकाका अध्यक्ष राजेन्द्र लि«ङदेनको समेत उपस्थिति थियो । रत्तदानकर्ताहरु लाई प्रमाण पत्र सहित वितरण गरिएको थियो







