हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
इलाम माई नगरपालिका वडा नं. ३ मुखे खोला निवासी बर्ष ४७ को सुकुमाया राई केहि समय देखि HTM/DM/Proteinuria/Lower abdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI रोगले थला परेका छन आर्थिक अभावकै कारण सुकुमाया राईले उपचार गराउन सकिरहेका छैन्न जुन रोग HTM/DM/Proteinuria/Lowerabdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI रोगले पीडित बनेका सुकुमाया राई र उहाँको परिवार भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् १ भन्दै अहिले सुकुमाया राई जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।
४७ वर्षको उमेरमा नै प्राणघातक रोग लागेपछि राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग नै पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेता पनि नयाँ जिवन पाउने आश आशमै दिन कटाई रहेका छन ।
उनले र उनका परिवारले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित सुकुमाया राई सहयोगको लागि देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी लगायत समाजसेविहरु समक्ष सहयोगको अपिल गरेका छन् । अहिलेको अवस्थामा विरामी कुरुवा र विरामी लाई खानको लागि पनि समस्या भईरहेको जानकारी गराएका छन पिडित परिवारले नागरिक आवाज मिडिया टिम सग
अहिले सुकुमाया राईको उपचार झापा विर्तामोडको मनमोहन अस्पतालको आईसियुमा उपचार भई रहेको छ आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका सुकुमाया राईको उपचारकै क्रममा भएको एक टुक्रा जग्गा जमिन पनि बेचेर सकिएर सुकुम्बासी नै भईसकेको कुरा परिवार र छरछिमेकले बताएका छन र अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।
HTM/DM/Proteinuria / Lower abdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI रोग ठिक हुनको लागि अलि बढि खर्च लाग्ने भएको कारणले आर्थिकको जोहो गर्न चिकित्सकले बताएका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका परिवारले रुदै ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि भएको पैसा पनि हस्पिटल लादा ल्याउदा सकियो अब घरमा कमाउने कोहि पनि छैन। के गर्नु हामी गरिबको कहिले नै सुखका दिन आउने भएन गह भरि हस्पिटलको बेड बाट आँसु झार्दै ४७ बर्षीय सुकुमाया राईले सहयोगको ठुलो अपेक्षा राखेकि छिन सुकुमाया राईको आर्थिक कम्जोर भएकै कारण मनमोहन हस्पिटल र नगरपालिकाले सहयोग अपिलको लागि नै निवेदन दिएका छन । यदि कोहि कसैले सुकुमाया राई लाई सहयोग गर्न चाहानु हुन्छ भने नागरिक आवाज मिडिया टिम लाई सम्र्पक गर्नु होला Contact No. 9813591618,9844696629,9818888602 Viber, WhatsApp मा पनि कल गर्न सक्नु हुने छ । पिडित परिवारको Contact No. 9844610293
माई नगरपालिका वडा नं. ३ ले दिएको सिफारिस

मनमोहन अस्पतालले दिएको सहयोगको लागि सिफारिस





