भद्रपुर । भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा विवेक राजवंशी निर्विरोध चयन भएका छन् । भद्रपुर नगरपालिकाको शनिबार बसेको चालु आर्थिक वर्ष २०८०/०८१ को अन्तिम कार्यपालिका बैठकले खेलकुद विकास समितिको अध्यक्षमा कार्यपालिका सदस्यसमेत रहेका राजवंशीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

२५ सदस्य समितिको उपाध्यक्ष नगर प्रमुखले तोक्ने प्रावधान छ । सदस्य सचिवमा नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रहने जनाइएको छ । अन्य २२ जना सदस्यहरूलाई अध्यक्षले चयन गर्ने प्रावधान रहेको जनाइएको छ । 

साभार https://www.timesofpradesh.com

Facebook Comments Box