चाडपर्वलाई लक्षित गरी भद्रपुर-गलगलिया नाकामा पनि डगसहितको चेकिङ (डग स्निफिङ) शुरु भएको छ । शनिबार बिहान ८ बजेबाट भद्रपुर नगरपालिका– ५ स्थित मेची पुलमा डग स्निफिङ शुरु गरिएको हो ।

वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी निरीक्षक सञ्जीव बोगटीको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाईन शाखाबाट आएका दुईवटा डगसहित ६ जनाको टोलीद्वारा चेकिङ सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  यसअघि गत असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको थियो ।

Facebook Comments Box