भोलिदेखि मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’भव्यताका साथ सुरु
१८ वर्ष पछि भद्रपुर स्थित मेची रंगशालामा आइतबार अर्थात फाल्गुण ७ गते देखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने गरी आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउदै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिएका छन ।
प्रतियोगिताको उद्घाटन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन ज्यू बाट गर्ने जनाइएको छ । भद्रपुर झापा गोल्डकपलाई हाम्रो भन्दा राम्रो नारा दिएको र सोही अनुसार १८ बर्ष सम्म ओझेलको परेको मेची रंगशालालाई मर्मत सम्भार रंगरोगन गरी नयाँ रुपमा सिँगारिएको प्रष्ट देख्न सकिन्छ ।
पहिलो उद्घाटन खेलमा आयोजक टिम भद्रपुर ब्लेजर्स र भारत जयगाँउ फुटबल क्लबबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिएका छन । भद्रपुर झापा गोल्डकाको तयारी गर्नका लागि दुई महिना भन्दा बढि लागेको अध्यक्ष ढकालल बताउनु भएको छ । ‘भद्रपुर नगरपालिकाको संरक्षणमा सञ्चालन हुन लागेको गोल्डकप मेची रंगशालामा जति हुन पर्ने कामहरु सकिएता पनि अध्यक्ष दिपेश ढकालको भनाई अनुसार अझै केहि फरक भिन्न हुने बताउनु भएको छ ४५ दिन अघिको मेची रंगशाला लाई फर्केर हेर्दा गाईबस्तु चरान क्षेत्र बनिरहेको अवस्था थियो । अध्यक्ष दिपेश ढकालले हासिकमज्जाक्कमा कोहि कोहिले त मेची रंगशालाको मैदानमा घाँसै घाँसको झाडी देखेरै गाईबस्तु किनेको पनि भन्न थालेको कुरा बताएका छन । १८ बर्ष अघिको रंगशाला लाई अहिले दाँजेर हेर्ने हो भने अहिले मेची रंगशाला बेहुली सिंगारीएझै सिगारीएको देख्न पाईन्छ । रंगशाला यति बेला सबैको आर्काषकको चित्र बनिरहेको छ ।
भद्रपुर झापा गोल्डकपले समग्र झापा, भद्रपुरको विकासमा टेवा पु¥याउने विश्वास रहेको छ । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड भन्दा बढि खर्च हुने अनुमान गरिएको छ । फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी हुनेछ । विदेशी टिमहरू जगगाँउ भारत, डुक ल्हासुल भुटान र काउर्न बाजार प्रगति संघ एफसी बंगलादेशको सहभागिता रहने आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन । दैनिक २० हजार दर्शक अटाउने गरी स्थायी प्याराफिट र अस्थायी बाँसे प्याराफिट निर्माण गरिएको छ । नगर क्षेत्रका विद्यार्थी, ज्येष्ठ नागरिक, अशक्तलाई निःशुल्क गोल्डकप हेराइने छ भने गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ राशि दिईने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइने आयोजक समितिका उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । गोल्डकपको मुख्य प्रयोजक मुस्ताङ बयर रहेको छ । गोल्डकप सञ्चालनका लागि नगरपालिकाले ३० लाख, सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले १० रुपैयाँ दिएको छ ।
प्रथम पुरस्कार सार्क च्यामबर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग वाणिज्य महासङ्घका अध्यक्ष टिकाराज ढकाल र हेरिटेज चिया उद्योगका प्रोप्राइटर, हेरिटेज मेट्रेस (कार्पेट) फर्म उद्योग प्रालिका अध्यक्ष हेमराज ढकालले स्व. माता राम रेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा दिने भएका छन् भने दोस्रो पुरस्कार सूर्य प्याई उद्योगले दिने जनाइएको छ ।
गोल्डकपको आजीवन सदस्य नेपाल पत्रकार महासंघ झापा शाखासहित सयौँ सङ्घसंस्था र व्यक्तिहरू बनिसकेको छ । साथै पत्रकार सम्मेलनमार्फत आयोजक समितिले भद्रपुर ब्लेजर्सको जर्सी र ट्याक सुट सार्वजनिक गरी कोच हरि खडकालाई हस्तान्तरण समेत गरेका थिए ।


