यसपालिको तिजमा सबैलाई नचाउने मौलिक झ्याउरे गित लिएर आएका छन गायक कमल बिसि (माल्दाई) । गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा झम्म झम्म साईली बोलको रमाइलो तिज गित भोलुम अन नामक युटुब च्यानल द्धारा सार्वजनिक गरिएको छ ।
चर्चित सर्जक नेत्र अर्यालको शब्द सृजना र गायक कमल बिसि (माल्दाई)कै लय सृजनामा रहेको उक्त गित हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी तिजकै भाकामा उक्त गित सृजना गरिएको छ ।


गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा क्रान्ति केसीको उत्कृष्ट निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिज गितलाई निरन्तरता दिई रहेकी गायिका प्रतिक्षा वाग्लेले बताउनु भएको छ ।
यस गितमा दुई प्रेमि जोडिहरु एक अर्कालाई वयान गर्दै तिजमा संग संगै नाच्ने गाउने गरेको दृश्य देखाउन खोजिएको छ । गितमा टिकटक स्टार मोडल लोसिना लामिछाने, प्रेम रसाईली, समुन्द्र वाग्ले, जसोदा कार्कीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन । राजेन्द्र कुवरको बिशेष सहयोगमा तयार भएको उक्त गितको संगीत संयोजन महेन्द्र भण्डारीले गर्नु भएको हो ।

Facebook Comments Box