नेचासल्यान गा.पा अध्यक्षमा धनजन राई र उपाध्यक्ष विना राईको उम्मेदवारी दर्ता
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि धनजन राई र विना राईले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले प्रदेश सभा ‘क’ सभापति धनजन राईलाई अध्यक्ष र पत्रकार विना राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।
धनजन २०७४ सालको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार थिए । त्यसबखत नेकपा एमालेका उम्मेदवार डुफ कुमार बास्तोलासँग झिनो मतान्तरले पराजित भएका थिए । उपाध्यक्षका उम्मेदवार विना एक दशकदेखि पत्रकारितामा क्रियाशिल छिन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष समेत रहेकी उनी आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)की केन्द्रीय सदस्य समेत हुन् । उनी समाजसेवामा समेत क्रियाशिल थिइन् ।
अघिल्लो निर्वाचनमा नेचासल्यानको उपाध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी बनेको थियो ।
नेपाली कंग्रेस सोलुखुम्बु जिल्ला पार्टी सचिव प्रदेश क्षेत्रिय सभापतिका उम्मेदवार राई वि.सं. २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा हालसम्म लागिरहेका छन् । तत्कालिन सशस्त्र माओवादी द्धन्द्धकालमा पनि उनी गाउँमै बसेर कांग्रेसको राजनीति गरेका थिए ।
सोलुखुम्बु जिल्लाको दक्षिण पश्चिममा अवस्थित साविकको सल्यान गाउँ विकास समिति वडा नं. ७ रुगाँ (हाल नेचासल्यान १मा ) वि.सं. २०२३ सालमा उनी जन्मिएका थिए । उनको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो ।
बाल्यकालदेखिनै शालिन र शान्त स्वभावका राई अझैपनि उस्तै स्वरुपमा देखिन्छन् । किशोर अवस्थादेखिनै विभिन्न सामाजिक सेवामा समर्पित भएका उनी युवा अवस्थामा पुगेपछि राजनीतिमा आकर्षित भएका थिए । वि.सं. २०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका उनी एक वर्षपछि अर्थात वि.सं. २०४९ सालमा साविकको सल्यान गाउँ विकास समितिमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको उम्मेदवारी दिएका थिए । निर्वाचनमा उनले अत्याधिक मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्ष भएपछि उनले गरेको लोकप्रिय कामका कारण वि.सं. २०५४ सालमा पुन साविककै गाविसमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिए । उपाध्यक्ष हुँदा गरेको काम र अनुभवले अध्यक्ष पदमा पनि उनी अत्याधिक मतले चुनाव जिते । अध्यक्ष भएपछि उनले करिब १ वर्षजति मात्रै राम्रोसँग काम गर्न पाए । किनभने तत्कालिन समयमा सशस्त्र द्धन्द्ध गाउँगाउँमा फैलिरहेको थियो ।
उनी वि.सं. २०५५ सालमा नेपाली कांग्रेस सल्यान गाउँ पार्टीको सभापति भएका थिए । गाविसको उपाध्यक्ष र अध्यक्ष हुँदा गरेको लोकप्रिय कामले बचायो । जनताको दुःख, सुखमा साथ दिएकैले उनी जनताको प्रिय नेता भएर निर्धक्कसँग जनताकै माझमा गाउँमा बसिरहे ।
अहिले पनि उनी गाउँमै बसेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागिरहेका छन् । संगठन विस्तारमा कहिले महाकुलुङ त, कहिले माप्य, कहिले थुलुङ दुधकोशी त कहिले सदरमुकाम पुगेर निरन्तर पार्टी संगठनमा लागिरहेका छन् ।
उनी राजनीतिमा मात्रै होइन गाउँको विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय रुपमा सेवा गरिरहेका छन् । पदमा होस या नहोस उनी निरन्तर जनताको सेवामा लागिरहेकै छन् । ‘जनताको सेवा गर्न कुनै पद चाँहिदैन, मन भए पुग्छ
https://www.facebook.com/dhanjanrai9844/videos/407614201189010







