गीतकार दर्पण राई नियत गलत थिएन, हिसाब मिलन गर्ने छु
प्रहरीले बैंकिङ कसुरको आरोपमा चर्चित गीतकार दर्पण राईलाई गएको बुधबारको दिन पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा बर्सु गुरुङ र छेवाङ लामाले क्रमस १३ लाख र ३५ रुपैयाँको चेक बाउन्सको उजुरी केहि समय अघी हालेको थियो । राईले पीडितलाई विभिन्न समयमा गरी जम्मा ४८ लाखको चेक काटेर दिएका थिए। उक्त चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
गीतकार दर्पण राईका अनुसार ‘ब्यबसाय गर्नका लागी रकम लिएको हो, मैले केहि समयमा सबै रकम तिर्न ब्यबस्था गर्दै थिए । उहाँहरु (बर्सु गुरुङ र छेवाङ लामा)ले उजुरु दिनु भएछ । अब केहि दिनमा हिसाब मिलन गर्नेछु र कानुनको पक्रीय पुर्याएर छुट्नेछु ।’
मुन्धुमस्टार मिडियाको भेटमा राईले थपे, ‘ब्यबसायको लागी रकम लिएको थिए, नियत गलत थिएन तर समय खराब चल्दैछ । सबै म आफैले ठिक गर्नेछु ।’
गीतकार दर्पण राईले नेपाल बिभिन्न क्षेत्रमा तथा अन्तराष्ट्रमा समेत ब्यबसाय गर्दै आएको छन ।
चर्चित गीतकार दर्पण राईले ‘तिम्ले बाटो फेर्यौ अरे’, ‘यो मुटु दुःखछ किन’, ‘तिमिलाई मनपराउनु’, ‘बेबी आईलभ-यू’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’, ‘तिम्ले बाटो फेर्यौ अरे २’, ‘तिमीले खाएको कसम साँचो भएको भए’, ‘माया यस्तो’, ‘तिम्ले बाटो फेर्यौ अरे ३’ लगायत थुप्रै चर्चित र ‘ब्लकबस्टर’ गीतहरु लेखेको छन ।
भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको चेक बाउन्स (cheque bounce) अर्थात चेक अनादर हुनु हो । चेक बाउन्स (cheque bounce) अर्थात चेक अनादरको आरोपमा नेपाल लगायत बिश्वभरी बिभिन्न समयको काल खण्डमा ठुल-ठुला ब्यबसायीक ब्यक्ति र समुहहरुसमेत जोडिने गरेका छन ।
कानुनमा के छ?
विनिमय अधिकारपत्र ऐन २०३४ ले गरेको व्यवस्था विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ (क) ले बैंङ्कमा आफ्नो निक्षेप छैन वा भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंङ्कसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने समेत कानूनी व्यवस्था गरेको छ ।
बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ मा भएको व्यवस्था
बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा २ को खण्ड (ख) मा बैङ्किङ्ग कसुर भन्नाले परिच्छेद २ बमोजिमको कसुर सम्झनु पर्छ भन्ने उल्लेख भई परिच्छेद २ मा बैंङ्किङ्ग कसुरका सम्बन्धमा व्यवस्था भएको देखिन्छ । दफा ३ मा अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने भन्ने शिर्षक अन्तर्गत खण्ड (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन नहुने भन्दै सो कार्यलाई बैंङ्किङ्ग कसुरका रूपमा परिभाषित गरेको देखिन्छ ।
चेक बाहकले चेकमा लेखिए अनुसारको रकम ३ पटक सम्म प्राप्त गर्न नसकेमा चेक बाउन्स गरीदिन बैंकलाई अनुरोध गर्नुपर्छ । सोही बमोजिम बैकले चेक बाउन्स भएको जनाउ वा पुर्जी उपलब्ध गराउँछ । बैकिङ्ग कसूर जाहेरी दिन एकै पटक चेक बाउन्स भएनी पुग्छ तर एक एक हप्ताको अन्तरमा तेस्रो पटकसम्म बाउन्स गर्दा चेक जारी गर्नेलाई बाउन्स भएको जानकारी प्राप्त गर्ने र पछि मलाई बाउन्स भएको थाहा नै भएन भन्ने ठाउँ नहोस भनलाई तीन चोटी बाउन्स गर्नु राम्रो हुन्छ ।

