११ महिना सम्म कोमामा पुगेका विकाश तामाङको एक्कासी होस आएर बोले पहिलो शब्द आमा
इलाम माई नगरपालिका वडा नं. १ मैदाने निवासी विकाश तामाङ १८ बर्षको उमेरमै अन्धकारमय जिवन विताई रहेका छन । भविष्यमा राम्रो पढेर इन्जिनियर बन्ने सपना र आमा बाबालाई एउटा सुन्दर घर बनाएर राख्ने सपना थियो । तर अहिले भने यि सबै विकाशको सपना सिसा झै चक्नाचुर भएको छ ।
विगत ११ महिना अघि विकाश तामाङ गाँउको दाईहरु सग पिकअप गाडिमा साग सब्जि लोड गर्न गएका थिए पिकअपमा साग सब्जि लोड गरेर फर्कदै गर्दा इलामको लुम्दे भन्ने ठाँउमा दुर्घटना भएको थियो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चालक भने भागेर आफु बाँच्न सफल भएका थिए । विकाश तामाङ भने बाँसको झाँगंमा अड्किएर भाग्यले बाँच्न सफल भए तर अचेत अवस्थामा
विकाश तामाङलाई घटना स्थल बाट स्थानीयहरुले विर्तामोड स्थीत वि एण्ड सी हस्पिटलमा झारेका थिए वि एण्ड सि हस्पिटलमा लामो समय सम्म उपचार भईरहदा पनि विकाश तामाङको स्वास्थ्यमा कुनै सुधार भने आएन सुधार नआए पछि वि एण्ड सिका चिकित्सकले विकाश तामाङ लाई थेरापी गर्नको लागि सुझाब दिएको थियो थेरापी गर्नको लागि आर्थिक नभएकै कारण विकाशको आमा बुबाले विकाश लाई घरैमा लगेर राखे विकाश तामाङ ११ महिना सम्म अचेत अवस्थामा नै थए न बोल्न सक्थे न मान्छे नै चिन्न सक्थे बस जिउदो लास झै ओच्छाउनमा लडिरहन्थे सुतैकै ठाँउमा दिसा पिसाब गर्थे भने नाकको प्वाल बाट खाना खुवाउनु परथ्यो यसरी नै विकाशको दिनचर्य वित्दै थियो तर एक दिन अचानक फाल्गुन महिनको ३ गते विकाशले अचानक हात खुट्टा चलाएर आमा भन्ने शब्द बोल्यो ११ महिना सम्म कोमामा पुगेको विकाश तामाङ अहिले आमा,बुबा, दाजु, दिदि हो, हैन आदि इत्यादि र सबै आफनो आफन्त छर छिमेकका साथि भाईहरु चिन्ने भएका छन ।
विकाशको पुन होस आए संसगै हात खुट्टा पनि चलाउन थालेका छन । विकाशको होस आए पस्चात परिवारका सबै सदस्यहरु खुसी भएका छन । विकाश तामाङको आमा बुबा भन्नु हुन्छ आब चाँहि केहि आशा पलाएको छ । छोरा लाई पहिलेकै अवस्थामा फर्काउन नसके पनि उ आफैले दिशा पिसा गर्न सक्ने समेत भए पनि हामी कति खुसी हुने थियौ । पैसा भए छोरा लाई अझै पनि एक चोटी हस्पिटल लगेर देखाउने मन छ तर हामी गरिब मान्छे सम्पतीको नाममा केहि पनि छैन कसरी हस्पिटल लैजाने
विकाश तामाङको आमा बुबाले फेरि पनि आफनो छोराको लागि देश विदशेमा रहनु भएको तमाम आमा बुबा नेपाली दाजु भाई दिदि बहिनीहरुमा सहयोगको यचाना गर्नु भएको छ । यदि तपाईहरुले सहयोग गर्दिनु भएमा मैले आफनो छोरो लाई उमेरमै गुमाउन पर्दैन थियो आशा छ सहयोग गर्दिनु हुन्छ भन्ने पुर्ण आशा लिएका छौ छोरा लाई माई मारिसकेका थियौ हामी परिवारले तर आज ११ महिना पछि मान्छे चिन्ने र बोल्न सक्ने भएको छ ।
यो भिडियो हेर्नु होला ।

