कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै झापामा अक्सिजनको अभावमा देखिन थाली सकिएको छ । अक्सिजन अभावकै कारण भद्रपुरमा एक जना कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाउनु परेको छ ।
संक्रमित बिरामीका लागि भद्रपुर नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्समा अक्सिजन सिलिन्डर नहुँदा भद्रपुर ४ मन्त्री चोक निवासी ४८ वर्षीय अनुप राजवंशीले अकालमै ज्यान गुमाएका छन । राजवंशी को मेची कोभिड उपचार केन्द्र भद्रपुर मंगलबार दिउँसो साढे ४ बजे मृत्यु भएको थियो एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मंगलबार विहान १० बजे एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि नगरपालिकाद्धारा सञ्चालित मे १ च ३८० नम्बरको एम्बुलेन्स बोलाईएको परिवारले जनाएका छन।
भद्रपुर नगरपालिकाको एम्बुलेन्स त बोलाइयो, तर एम्बुलेन्समा अक्सिजन सिलिन्डर नै नभएको जानकारी दिएका छन,
त्यही पनि एम्बुलेन्समा हालेर अनुप राजवंशी लाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । ‘बिएण्डसी हस्पिटलमा भर्ना गर्नकै लागि दुई लाख अग्रिम रकम जम्मा गर्नु पर्ने भनेपछि अनुप राजवंशी लाई त्यहाँ भर्ना गर्न नसकेको परिवारले जानकारी दिएका छन, त्यसपछि पुनः अनुप राजवंशीलाई भद्रपुर मेची अस्पताल लिएर परिवार आएका थिए ।’ मेची कोभिड उपचार केन्द्रमा भर्ना गरे लगतै अनुप राजवंशीको मृत्यु भएको थियो ।
एम्बुलेन्समा अक्सिजन भएको भए अनुप राजवंशीको मृत्यु हुने थिएन भनेर परिवारको ठुलो आरोप छ एम्बुलेन्समा अक्सिजन नहुनु र अस्पतालले तत्काल भर्ना नलिनुले एम्बुलेन्समा विरामी डुलाउँदा डुलाउँदै अनुप राजवंशी अकालमै ज्यान गुमाउन परेको थियो अनुप राजवंशीका परिवारले नागरिक आवाज टिम लाई यसरी पीडा सुनाए । नगरपालिकाका मेयर जिवन श्रेष्ठले एउटा एम्बुलेन्स सञ्चालन गर्दा समेत अक्सिजन नराख्नु विडम्बना भएको बताउँदै उनले भने, अक्सिजन बिनाको एम्बुलेन्स चलाउनु भन्दा थन्काएर राख्नु उचित हुन्छ यस्तो समस्या अरू कसैले भोग्नु नपरोस् ।
नेपाल–भारत मैत्री सङ्घले २०५८ सालमा भद्रपुर नगरपालिकालाई यही मे १ च ३८० एम्बुलेन्स सहयोग गरेको थियो । लामो समयसम्म एम्बुलेन्स बिग्रिएर थन्किएपछि नगरपालिकाले त्यो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई केही वर्षअघि मात्र हस्तान्तरण गरेको थियो । रेडक्रसले पनि केही समय कुदाएर त्यो एम्बुलेन्स त्यत्तिकै थन्काएर राखेका थिए । पुनः नगरपालिकाले केही दिनअघि त्यो एम्बुलेन्स झिकाएको र मर्मत सम्भार गरी अहिले प्रयोगमा ल्याईएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन ।
नगर प्रहरीले परिवारका सदस्यलाई पहिलै भनेका थिए, नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डर छैन भनेर, मेयर श्रेष्ठले भने, परिवारकै माग बमोजिम एम्बुलेन्स पठाएको र एम्बुलेन्सले बिएण्डसी अस्पताल पुर्याइदियो । ‘बिएण्डीमा भर्ना हुन नसक्नु र फेरि भद्रपुर फर्काएर ल्याउनुले बिरामीलाई समस्या भएकै हो, उनले भने ।’
‘एम्बुलेन्स बनाएर ल्याएपछि अक्सिजन सिलिन्डरका लागि नगरपालिकाको तर्फबाट मैले नै सिडिओ साबसँग पाँच वटा सिलिन्डर माग गरेका थियौँ,’ उनले भने, ‘जिल्लामै अक्सिजन सिलिन्डरको खोजी भइरहेकोले केही ढिलासँगै समस्या उत्पन्न भएकै हो, सिडिओ साबको सहकार्यमा आज एउटा अक्सिजन सिलिन्डर मगाएका छौँ, अब त्यो नगरपालिकाकै एम्बुलेन्समै प्रयोग गरिन्छ ।’ संक्रमित बिरामीका ओसारपसारका लागि नगरपालिकासँग एम्बुलेन्स नहुँदा रेडक्रसलाई दिएको एम्बुलेन्स फेरि लिएर आएको उनको भनाई ।

भिडियो हेर्नको लागि तलको LINK मा थिच्नु होला

पुकार राजवंशी यस्तो लेख्नु हुन्छ आफनो फेसबुकमा

भद्रपुर नगरपालिका का प्रमूख जिवन कुमार श्रेष्ट पदिय जिम्मेवारी मा कत्तिको दायित्वबोध ? प्रष्ट हुन्छ ? राम्रो गर्न सक्तैनौ भने नराम्रो पनि नगर ? अनाहकमा मान्छे मार्ने अधिकार छैन ? मार्न पाईदैन ? खबरदार ?

नागारिक आवाज न्युज पोर्टलमा प्रकाशित कुनै पनि समचार तपाईको गुनासो भए हामीलाई nagarikaawaz.np@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यहि इमेलमा तपाईले आफनो विचार वा विश्लेष्ण, सल्लाह सुझाब पनि पठाउन सक्नुहुनेछ । हामी सँग युटुब फेसबुकमा पनि जोडिनु होला ।

Facebook Comments Box