इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई अनुमति दिएको छ । शुक्रबार (पुस १० गते) बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ८ अर्ब रुपैयाँको बराबरको ८ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन लागि अनुमति दिएको हो । बैंकको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनअनइबिएल एस क्यापिटल रहेको छ ।
बैंकको प्रथम साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव गरेको थियो । जसअनुसार बैंकले शुक्रबार ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी पनि २० अर्ब रुपैयाँ पुग्नेछ ।

