काठमाडौं । चिलिमे जलविद्युतले वार्षिक साधारण सभाका लागि पुस १२ गते आह्वान गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

उक्त सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बन्द रहने भएको छ । जसका कारण मंसिर २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Facebook Comments Box