नेपाल लाईफको नयाँ बोनसदर घोषणा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागी नयाँ बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट यही पुस ९ गते स्वीकृत भएको नयाँ बोनस दर कम्पनीले आज सार्वजनिक गरेको छ । नेपाल लाईफका बीमितिले प्रतिवर्ष प्रतिहजार न्यूनतम ६२ रुपैयाँ देखि अधिकतम् ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।
सबैभन्दा कम पाँच वर्ष अवधीका बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ । सबैभन्दा पोलिसी बिक्री भएको पाँच देखि १५ वर्षे बीमा पोलिसीमा ६५ रुपैयाँ बोनस दर बीमा समितिबाट स्वीकृत भएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अधिकांश जीवन बीमालेखहरुले ६५ रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी, सदाबहार जीवन बीमा योजना, सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५ रुपैयाँ प्रति वर्ष प्रति हजार बोनस दर तोकिएको छ ।


