काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पोखराको होटल ल्याण्डमार्क तथा काठमाडौंको सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झौता भएको छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौंता अनुसार होटलको रुमहरुमा ३६ प्रतिशत कर्मचारीलाई र भिआइपी कार्डहोल्डरलाई ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै होटलको मेनुम कर्मचारीले १५ प्रतिशत र भिआइपी कार्ड होल्डरले १५ प्रतिशतसम्म छुट पाउने छन् । स्पेशल प्याकेजमा कर्मचारीहरुले १० र भिआइपी कार्ड होल्डरहरुले ५ प्रतिशतसम्म छुट पाउने छन् ।

Facebook Comments Box