विद्यालयमा आक्रमण गरी नाइजेरियामा तीन सय भन्दा बढी विद्यार्थीको अपहरण
नाइजेरियाको लागोसमा अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणमा कम्तीमा पनि तीन सय विद्यार्थी बेपत्ता भएका छन् । सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको हमलामा परी ती बालबालिका हराएका हुन् ।
नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा हमला भएको हो । राज्यका गभर्नर अमिनु मासारीले शुक्रबार र आइतबार विद्यालयमा गरिएको हमलाका कारण विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका जानकारी दिए ।
विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन् । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएको छ । ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकाले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् ।
नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् ।

