विश्वमा पाँच करोड आठ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वमा पाँच करोड आठ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८ लाख ६१ हजार ५८४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड २६ लाख ४१ हजार १६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १६ लाख १८ हजार ८२२ पुगेको छ ।
हाल विश्वभर २ करोड १ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ६७ लाख ३७ हजार २६७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९७ लाख २४ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ६ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ । संक्रमितमध्ये एक लाख ४३ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९३ लाख ८७ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६९ लाख १ हजार नाघेको छ भने १ लाख ८१ हजार ४१९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५९ लाख ८२ हजार भन्दा बढी निको भएका छन् ।

